बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

न्युज कारखाना  |  समाचार  |  मंसिर १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । 

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० वटा इजलास गठन गरेका छन् । १० इजलासमा १८६ वटा मुद्दाको पेसी चढाइएको छ । 
जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् । 

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेको लगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।