प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको पेसी तोके

प्रधानन्यायाधीशले आफूबाहेक १० इजलास गठन गर्दै २२२ मुद्दाको पेसी तोके

न्युज कारखाना  |  समाचार  |  मंसिर ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि १० वटा इजलास गठन गरेका छन् ।

आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ वटा मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । 

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् । 

यता, न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ ।