माओवादीको सदस्य संख्या ७ लाख ३५ हजार पुगेको दाबी

माओवादीको सदस्य संख्या ७ लाख ३५ हजार पुगेको दाबी

न्युज कारखाना  |  समाचार  |  मंसिर ३, २०७८

करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्त्वकांक्षी योजनामा शुक्रबारसम्म ७ लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् ।

पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्याह्नसम्म ७ लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । 

‘अहिलेसम्म ७ लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या यकिन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रीय कार्यालयले लिएको छ ।  

गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी समितिका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।