हाइकु–५२

हाइकु–५२

सीताराम नेपाल  |  साहित्य  |  मंसिर ४, २०७८

गाउँकी छोरी
आई मुम्बई पुगी
दलाल भागे ।

नेपाली माटो
जाली फटाहा मास्ने
पवित्र भूमि ।

ट्रक चालक
स्टेरिङ्गको भरमा
बित्छ जीवन ।

साझा घरमा
ठालुको काखा पाखा
देश दुखाइ ।

बारुद गन्ध
सुन्दर शान्त गाऊँ
बुद्धत्व प्राप्ति ?

साँढे जुधाइ
बाच्छा मिचिने किन 
बिद्रोह चेत ।

भोको पेट र
नाङ्गो आङमा रम्ने
पूँजीवाद हो ।

दुष्टमतीले
सताइरा छ सधैँ
हाम्रो घरमा ।

रक्तिम नभ
भोक निन्द्रा त्याग्दैमा
हुन्न विजय ।

पानीका फोका
नेताका आश्वासन
रमाइलै छ ।