एमाले महाधिवेशन : उमेर हदले बाहिरिँदै छन् यी नेता

एमाले महाधिवेशन : उमेर हदले बाहिरिँदै छन् यी नेता

न्युज कारखाना  |  समाचार  |  मंसिर ६, २०७८

एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइ गर्दै छ ।

गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागू गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहँदै आएका कम्तीमा ४ जना नेता चितवन महाधिवेशनबाट बिदाइ हुँदै छन् । 

अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १०औँ महाधिवेशनबाटै बिदाइ हुने थिए किनकि ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ वर्ष लाग्दै छन् । 

विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार ३ महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदै छन् । उनी ७३ वर्षका भइसकेका छन् ।  

बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदै छन् । उनी ७० वर्ष पुगिसकेका छन् । 

अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदै छन् ।