नेयमार २ महिना मैदानबाहिर रहने

नेयमार २ महिना मैदानबाहिर रहने

एजेन्सी  |  खेलकुद  |  मंसिर १४, २०७८

ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण २ महिना मैदानबाहिर रहने भएका छन् ।

२९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका थिए ।  

पीएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि ८ हप्ता मैदानबाहिर रहने बताएको हो । 

पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् ।