चिन्ता ओमिक्रोन भेरिएन्टको कि बनेका तमाम भ्याक्सिनको ?

चिन्ता ओमिक्रोन भेरिएन्टको कि बनेका तमाम भ्याक्सिनको ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर १५, २०७८

हालै अर्थात् नोभेम्बर महिनाको अन्तिम साता दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्टलाई 'चिन्ताको स्वरूप' (भेरिएन्ट अफ कन्सर्न) घोषणा गरिएको छ । पत्ता लागेको २-३ दिनमै विश्व स्वास्थ्य संगठनले आपत्‌कालीन बैठक डाक्दै यसलाई 'ओमिक्रोन'  नामकरण गर्दै  'भेरिएन्ट अफ कन्सर्न' श्रेणीमा राखेको छ ।

यसभन्दा पहिलाका कोरोना भेरिएन्ट अल्फा, बिटा, गामा र डेल्टालाई पनि भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखिएको थियो । सर्वप्रथम २४ नोभेम्बरका दिन दक्षिण अफ्रिकामा पहिचान भएको कोरोनाको यस स्वरूप बी.१.१.५२९ प्रति अत्यन्त सतर्कता राख्दै विश्व स्वास्थ्य संगठनले २६ नोभेम्बरका दिन आपत्‌कालीन बैठक बोलाई यसलाई चिन्ताको भाइरस स्वरूप भनी संसारलाई हाई अलर्टमा रहन सन्देश प्रेषित गर्‍यो । परिणाम स्वरूप ३-४ दिनभित्रै अधिकांश देशले दक्षिण अफ्रिकासँग हवाई यातायातमा बन्देज घोषणा गरे ।

चीनबाट कोरोनाको उत्पत्ति भएयता कोरोना भाइरसको संरचनामा धेरै पटक धेरै किसिमका परिवर्तन भइसकेका छन् । दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन  भेरिएन्टमा ५० भन्दा बढी उत्परिवर्तन (म्युटेसन) भएका पाइयो । अहिलेसम्म उपलब्ध जानकारीअनुसार यी ५० वटा परिवर्तनमा ३०-३२ परिवर्तन भाइरसको बाहिरी खोलको स्पाइक प्रोटिनमा र १८-२० वटा परिवर्तन भाइरसको न्युक्लियसमा भएका छन् । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरिएन्टप्रति त्वरित तदारुकता देखाउनुका पछाडि यसमा भएका अत्यधिक म्युटेसन नै हो । म्युटेसनका कारण भाइरसको चरित्रमा के कस्तो गुण/दोष वृद्धि भएका छन्, त्यसबारे अहिलेसम्म केही थाहा छैन । यसबारे थाहा हुन कम्तीमा १५-२० दिन अथवा एक महिनाको समय लाग्छ ।

ति प्रयास गरे पनि आउने एक महिनाभित्र ओमिक्रोन भेरिएन्ट संसारका अधिकांश देशमा पुग्नेछ । नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । नेपाल जस्तो कमजोर चिकित्सकीय सुविधा उपलब्ध भएको देशका लागि ओमिक्रोन पहिलाको भाइरसभन्दा बढी घातक नभए पनि बढी प्रसारक भइदिए नै नियन्त्रण गर्न हम्मेहम्मे पर्छ ।

तर, दक्षिण अफ्रिकामा अचानक बढेको कोरोना सकारात्मकता दरले यस भाइरसको यो भेरिएन्ट कतै सुपर स्प्रेडर (तीव्र गतिमा फैलिने) त होइन भन्ने आशंका व्याप्त भएको छ । दक्षिण अफ्रिकामा नोभेम्बर महिनाको प्रारम्भमा दैनिक १०० जना नयाँ संक्रमित आउँदै गरेकामा अहिले यो संख्या ३०-३२  (२७ नोभेम्बरसम्म आउँदा) गुणाले वृद्धि भएको छ । दक्षिण अफ्रिकामा  कोरोना संक्रमणको बढ्दो ग्राफलाई दृष्टिगत गरी नै विश्व स्वास्थ्य संगठनले यसलाई भेरिएन्ट अफ कन्सर्न घोषणा गर्दै बाँकी विश्वलाई यसप्रति सतर्क गर्नु परेको हो । यो भेरिएन्ट कतिको घातक हो, यसबारे अहिलेसम्म केही थाहा भएको छैन । पछिल्लो जानकारीअनुसार यो भेरिएन्ट १५ भन्दा बढी देशमा पुगिसकेको छ ।

चिन्ता ओमिक्रोन भेरिएन्टको हो कि बनेका तमाम भ्याक्सिनको ?

आधुनिक विज्ञान एवं आधुनिक चिकित्साशास्त्रले भाइरसविरुद्ध सुरक्षाका लागि भ्याक्सिन बनायो । भ्याक्सिन लगाएको मानिसमा भाइरसविरुद्ध लड्न शरीरको प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ । धेरै व्याख्यामा नगई सामान्य अर्थमा के बुझौँ भने, शरीरमा एन्टीबडी बनेका हुन्छन् । यी एन्टीबडीले कोरोना संक्रमित भएको खण्डमा भाइरससँग लडेर सुरक्षा प्रदान गर्छन् ।

भ्याक्सिनका रूपमा शरीरभित्र भाइरस अथवा भाइरसको जेनेटिक म्याटेरियल नै प्रवेश गराइएको हुन्छ । सीमित मात्रामा शरीरभित्र प्रवेश गरेको विजातीय तत्त्व (भाइरस अथवा भाइरसको जेनेटिक म्याटेरियल अथवा अन्य कुनै पनि फारेन एलिमेन्ट)लाई सखाप गर्न शरीरको प्रतिरोधक क्षमता सक्रिय हुन्छ । भनौँ, एक किसिमले शरीरको प्रतिरोधक क्षमतालाई यस्तै शत्रु अथवा भाइरस पुनः शरीरमा आएको खण्डमा तिनलाई नियन्त्रित गर्न प्रशिक्षित गरिन्छ- भ्याक्सिनका माध्यमले ।

भाइरसको जुन स्वरूपले भ्याक्सिन तयार भएका हुन्छन्, त्यस स्वरूपका भाइरससँग त भ्याक्सिन लगाएको मानिसमा सुरक्षा चक्र अथवा प्रणाली हुन्छ तर भाइरस म्युटेट भएर पहिलाको स्वरूपभन्दा बलियो, अझ घातक अथवा सुपर स्प्रेडर (तीव्र गतिले प्रसारित हुने) भएको खण्डमा भ्याक्सिन र भ्याक्सिनले दिने सुरक्षा शंकाको घेरामा आई पुग्छ। ओमिक्रोन भेरिएन्टमा भएका अत्यधिक म्युटेसनले संसारभरिका वैज्ञानिक, चिकित्सक, भाइरस विज्ञ, भ्याक्सिन निर्माता कम्पनीलगायत विश्व स्वास्थ्य संगठनको होस उडाएको छ ।

अहिलेसम्मको जानकारीअनुसार भ्याक्सिनका पूर्ण मात्रा लगाएका मानिस नै बढी मात्रामा ओमिक्रोन भेरिएन्टको सिकार बनेका छन् । विश्व स्वास्थ्य संगठनले अग्रिम सतर्कता स्वरूप यस भेरिएन्टका विरुद्ध भ्याक्सिनले सुरक्षा नदिन सक्ने हो कि भन्ने आशंका व्यक्त गरेको छ । विश्वका तमाम विज्ञहरूले पनि यस्तो शंका व्यक्त गर्न थालेका छन् ।

के भ्याक्सिनले नयाँ भेरिएन्टविरुद्ध काम गर्छ, सुरक्षा दिन्छ ?

पहिलो पटक यति धेरै म्युटेसन भएर आएको ओमिक्रोन भेरिएन्ट भ्याक्सिनलाई बाइपास गर्न सफल हुन्छ कि भन्ने आशंका स्पष्ट  हुन केही समय पर्खिनै पर्छ । तर, दक्षिण अफ्रिकाको वर्तमान स्थितिबाट कसैले स्वीकार गर्न नचाहे पनि तस्बीर धेरै हदसम्म स्पष्ट भइसकेको छ । ३० नोभेम्बरको तथ्यांकअनुसार दक्षिण अफ्रिकामा ४ हजार ३७१ नयाँ संक्रमित भेटिएका छन् । यस दिन त्यहाँ २१ जनाको मृत्यु भएको छ । गत २३ नोभेम्बरदेखि दक्षिण अफ्रिकाको कोरोनाको अवस्था हेरौँ:  

२३ नोभेम्बर- नयाँ संक्रमित ८६८ जना, मृतक संख्या ५१
२४ नोभेम्बर- नयाँ संक्रमित एक हजार २७५, जना मृतक संख्या २२
२५ नोभेम्बर- नयाँ संक्रमित २ हजार ४६५ जना, मृतक संख्या ११४
२६ नोभेम्बर- नयाँ संक्रमित २ हजार ८२८ जना, मृतक संख्या १२
२७ नोभेम्बर- नयाँ संक्रमित ३ हजार २२० जना, मृतक संख्या ८
२८ नोभेम्बर- नयाँ संक्रमित २ हजार ८५८ जना, मृतक संख्या ६
२९ नोभेम्बर- नयाँ संक्रमित २ हजार २७३ जना, मृतक संख्या २५
३० नोभेम्बर- नयाँ संक्रमित ४ हजार ३७१ जना, मृतक संख्या २१

दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक ट्युलियो डी ओलिवेराले दक्षिण अफ्रिकामा अहिले फैलिइरहेको कोरोना संक्रमणका ९० प्रतिशत बिरामी ओमिक्रोन भेरिएन्टका हुन् भनेका छन् । यसले दक्षिण अफ्रिकालाई कोरोना संक्रमणको चौथो लहरमा धकेलेको छ ।

अब विश्व स्वास्थ्य संगठन भन्छ- कोरोनाको नयाँ भेरिएन्टबाट अहिलेसम्म (३० नोभेम्बरसम्म) कसैको मृत्यु भएको छैन । ९० प्रतिशत संक्रमित नयाँ भेरिएन्टका हुनु, विगत ८-१० दिनमा २७३ जनाको मृत्यु हुनुको तथ्यांक उपलब्ध हुँदाहुँदै विश्व स्वास्थ्य संगठनको दाबी नयाँ भेरिएन्टबाट कसैको मृत्यु भएको छैन भन्ने हास्यास्पद मात्र हो । खै यस्तो ब्रह्मज्ञान कसरी प्राप्त हुन्छ विश्व स्वास्थ्य संगठनलाई ?

कोरोनाको डेल्टा भेरिएन्ट आउँदासम्म संसारभर नै भ्याक्सिनको धेरथोर वितरण भइसकेको थियो । भ्याक्सिनका दुवै डोज लाएका मानिस डेल्टा भेरिएन्टबाट संक्रमित (ब्रेकथ्रु इन्फेक्सन) भए । दुवै डोज लगाएका मानिस पनि संक्रमणका कारण मृत्युको मुखमा पुगे । ओमिक्रोन भेरिएन्ट नपुगेको बाँकी विश्वमा अहिलेसम्म डेल्टा भेरिएन्टकै लहर चलिरहेको छ ।

३० नोभेम्बरसम्म विश्वका कुल कोरोना संक्रमितको संख्या २६ करोड ३० लाख २२ हजार १०८ र मृतक संख्या ५२ लाख ३२ हजार ६९९ पुगेको थियो । ३० नोभेम्बरका दिन नै नयाँ संक्रमित संख्या ५ लाख ८६ हजार ७०० एवं मृतक संख्या ७ हजार ६४९ रहेको थियो । अमेरिकाको मात्र कुरा गर्ने हो भने ३० नोभेम्बरका दिन एक लाख ६ हजारभन्दा बढी नयाँ संक्रमित देखिनुका साथै एक हजार ४३८ जनाको मृत्यु भयो ।

के अहिले विश्वमा देखापरिरहेका नयाँ संक्रमित एवं संक्रमणका कारण मृत्यु भइरहेका सबै मानिस भ्याक्सिन नलगाएका मात्र हुन् ? भ्याक्सिन लगाएका  मानिस संक्रमित भएका छैनन्, संक्रमणका कारण मरेका छैनन् ? यदि हुन् भने भ्याक्सिन निष्प्रभावी भएको  होइन र ?

भ्याक्सिन डेल्टा भेरिएन्टमै निष्प्रभावी भइसकेको थियो । विश्व स्वास्थ्य संगठनलगायत भ्याक्सिन निर्माता कम्पनी र यससम्बन्धी विज्ञाहरूलाई यो कुरा राम्ररी थाहा थियो अथवा थाहा छ । अब कोरोना महामारी मात्र नभएर खर्बौँ खर्ब डलरको वैश्विक व्यापार पनि हो । बुस्टर डोजको कुरा त्यसै आएको हो र ? बुस्टर डोजको अर्थ नै भ्याक्सिनले बनाएको एन्टीबडी समाप्त भएको हो । र, अहिलेका भ्याक्सिनको बुस्टर डोज लगाउँदा यसले पुरानो भेरिएन्टका विरुद्ध एन्टीबडी बनाउने हो । यसले बनेको एन्टीबडी नयाँ भेरिएन्टका विरुद्ध काम गर्छ कि गर्दैन, त्यो कुरा नै शंकाको घेरामा छ । बुस्टर डोज लगाइसकेका इजरायलका प्रधानमन्त्रीको अभिव्यक्ति ओमिक्रोन भेरिएन्ट  र भ्याक्सिनको वास्तविकता उजागर गर्न पर्याप्त छ ।

मोर्डरना कम्पनी तथा अक्सफोर्डले आफ्नो ऐस्ट्रेजेनेका भ्याक्सिन 'अपडेट' गर्ने कुरा गरेका छन् । बिस्तारै अरू कम्पनीले पनि यही बाटो रोज्नेछन् । तर, भ्याक्सिनको अपडेट भर्सन आउन कम्तीमा ३-४ महिनाको समय लाग्छ । भ्याक्सिन अपडेट गर्नलाई निर्माता कम्पनीले सबैभन्दा पछिल्लो भेरिएन्टको भाइरस अथवा भाइरसको जेनेटिक म्याटेरियल प्रयोग गरेर आफ्नो भ्याक्सिन अपडेट गर्नुपर्छ । तर, भाइरस त फेरि पनि म्युटेट भइरहन्छ । भ्याक्सिन कम्पनीले ओमिक्रोन भेरिएन्टलाई प्रयोग गरेर नयाँ भ्याक्सिन बनाउँछन् । भ्याक्सिन बनेर आइपुग्दासम्म भाइरसको 'लेटेस्ट भर्सन' पाई, सिग्मा, टाउ, ओमेगा (सबै ग्रिक वर्णमालाका अक्षर)सम्म पुग्छ ।

उपाय के त ?

भाइरस म्युटेट भएर नयाँनयाँ अवतारमा आउनु प्राकृतिक व्यवस्था हो । यो क्रम जारी नै रहन्छ । पुराना भेरिएन्टका खिलाफ बनेका (ती भाइरसको जेनेटिक म्याटेरियल प्रयोग गरी बनेका) भ्याक्सिन भाइरस म्युटेट भएर बलियो बनेर आउँदा काम गर्दैनन् ।भाइरसका विरुद्ध  प्रभावकारी ढंगले काम गर्ने उपाय एन्टीभाइरल औषधि नै हो । दुर्भाग्यले कोरोना भाइरस आउँदा संसारले एन्टीभाइरल औषधिको खोजी नगरेर भ्याक्सिन खोजी गर्ने काममा लाग्यो । परिणाम हामी सबैका सामु छ ।

अहिले आएर फाइजर कम्पनीले कोरोना भाइरसका विरुद्ध एन्टीभाइरल प्याक्स्लोभिड  (paxlovid) र मर्क एवं रिजब्याक (Merck and Ridgeback) कम्पनीले मोलनुपिराविर (molnupiravir) औषधि बनाएको छ । उता, इंग्ल्याण्डमा पनि एन्टीभाइरल औषधि बनेको छ । भारतमा दोस्रो लहरताका नै एक किसिमको ग्लुकोज बनेको थियो । साथै, नेपाल, भारतलगायत धेरै देशमा परंपरागत अथवा आयुर्वेद औषधिको प्रयोग एन्टीभाइरल औषधिका रूपमा भएको थियो । नेपालको हकमा यसको परिणाम सत प्रतिशत रहेको थियो । तर, अन्तर्राष्ट्रिय मेडिकल माफियाको प्रभावले सबै अल्टर्नेटिभ औषधि छायामा परेका छन् । भ्याक्सिनको मात्र वर्चस्व कायम भएको छ । जुन भ्याक्सिन डेल्टा भेरिएन्टमै निष्प्रभावी भयो, अहिलेसम्म त्यसकै वकालत जारी छ । सायद ओमिक्रोन भेरिएन्टले भ्याक्सिनको हालीमुहाली भंग गर्छ ।

जति प्रयास गरे पनि आउने एक महिनाभित्र ओमिक्रोन भेरिएन्ट संसारका अधिकांश देशमा पुग्नेछ । नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । नेपाल जस्तो कमजोर चिकित्सकीय सुविधा उपलब्ध भएको देशका लागि ओमिक्रोन पहिलाको भाइरसभन्दा बढी घातक नभए पनि बढी प्रसारक भइदिए नै नियन्त्रण गर्न हम्मेहम्मे पर्छ । तसर्थ, आमनागरिकदेखि सरकारसम्म सबैले समयमै जागरुक हुन आवश्यक छ ।

अहिलेदेखि नै भाइरसको प्रसार रोक्न नागरिक स्तरदेखि सरकारी प्रयास थाल्ने हो भने देशले पुनः लकडाउनको विभीषिकाबाट गुज्रिनुपर्दैन। वास्तवमा यसका लागि सरकारी प्रयासभन्दा आमनागरिकको भूमिका महत्त्वपूर्ण छ । आमनागरिकले आजदेखि नै भीडभाड, सभा-सम्मेलन र समारोहबाट जोगिन सुरु गरून् ।