बेलारुसका राष्ट्रपतिको क्रिमिया आफ्नो भएको दाबी

बेलारुसका राष्ट्रपतिको क्रिमिया आफ्नो भएको दाबी

एजेन्सी  |  विदेश  |  मंसिर १६, २०७८

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्काेले रसियामा गाभिएकाे क्रिमिया प्रायद्वीप अ‍ाफ्नाे भएकाे दाबी गरेका छन् । लुकासेन्काेले रसियाकाे अ‍ारअ‍ाईए नाेभाेस्तीसँगकाे अन्तर्वार्तामा क्रिमिया आफ्नाे भूमि भएकाे दाबी गरेका हुन् । 

सन् २०१४ मा भएकाे जनमतसंग्रहमा अधिकांशले क्रिमियालाई रसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए । तर, साे नतिजालाई किभ र पश्चिमा मुलुकहरूले अस्वीकार गर्दै अ‍ाएका छन् ।  

यसैबीच लुकासेन्काेकाे अभिव्यक्तिपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ भने रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएका छन् । रुसकाे सेना परिचालनसँगै रुसी आक्रमणको आशंका बढेकाे छ ।

बेलारुस रसियाकाे नजिककाे मित्र हाे । अधिकांश देशले अझै पनि क्रिमियालाई युक्रेनकाे अभिन्न अंग मान्दै अ‌ाएका छन् ।