म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

एजेन्सी  |  खेलकुद  |  मंसिर १६, २०७८

इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) २ खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजकाे खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै छन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदै छ । । 

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । 

यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाइटेड खराब लयलाई बिर्संदै छैठौँ जीत निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाइटेड ५ खेलमा हार बेहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ । 

आजै हुने अर्काे खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जीत निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौँ जीतसहित तालिका सुधारको योजनामा छ । ४ खेलमा जीत निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ । 

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ ।