वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

एजेन्सी  |  समाचार  |  मंसिर २०, २०७८

वर्माकी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूकीलाई साेमबार ४ वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌ंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ वटा अ‌ाराेप लगाइएकाे छ ।सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छन् । 

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे ।