‍आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय

‍आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय

एजेन्सी  |  विदेश  |  मंसिर २१, २०७८

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अ‌ाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले २ वटा भिन्न अभियाेगमा ४ वर्ष जेल सजाय सुनाएकाे थियाे । 

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌ंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ वटा अ‌ाराेप लगाइएकाे छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छन् । 

फेब्रुअरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । 

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे ।