आशंकाको भुमरीमा भ्याक्सिनको विश्वसनीयता : मेडिकल माफियाको प्रभाव र दबाबमा पदासीनहरू

आशंकाको भुमरीमा भ्याक्सिनको विश्वसनीयता : मेडिकल माफियाको प्रभाव र दबाबमा पदासीनहरू

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर २४, २०७८

दक्षिण अफ्रिकामा १९ नोभेम्बरमा देखिएका  कोरोना संक्रमणका केही केसमा जटिलता देखिँदा थप परीक्षणमा कोरोनाको नयाँ भेरिएन्ट भएको थाहा भयो २४ नोभेम्बरमा । २६ नोभेम्बरमा यसलाई ओमिक्रोन नाम दिइयो । यो १९ नोभेम्बरको स्याम्पलमा देखिए पनि यसभन्दा पहिला नै दक्षिण अफ्रिकामा उत्पत्ति भएको अस्वीकार गर्न मिल्दैन । ८ नोभेम्बरसम्म यहाँ कोरोनाका १०० को हाराहारीमा केस आउँदै थिए र त्यसपछि क्रमशः बढ्दै गए । दक्षिण अफ्रिकाका विज्ञले भनिरहेका छन्- अहिले त्यहाँ ९० प्रतिशत केस नयाँ  भेरिएन्ट ओमिक्रोनका हुन् ।  

९ डिसेम्बरका दिन त्यहाँ ७५ हजार २५१ कोरोना परीक्षण गर्दा २२ हजार ३९१ नयाँ संक्रमित आउँदा २२ जनाको निधन भएको छ । विगत झन्डै २५ दिनले ९० प्रतिशत ओमिक्रोनका संक्रमित आइरहेको मुलुकमा अहिलेसम्म कोही पनि ओमिक्रोन संक्रमित मरेको छैन । यो भन्नु अथवा मान्नु कतिको उचित हुन्छ ?
१ डिसेम्बरदेखिकै तथ्यांक हेरौँ -

मिति कुल परीक्षण नयाँ संक्रमित संक्रमण दर मृतक संख्या
१-१२   ५१,९७७ ८,५६१  १६.५ % २८
२-१२ ५१,४०२    ११,५३५ २२.४ % ४४
३-१२   ६५,९९० १६,०५५     २४.३ % २५    
४-१२   ६८,७०३ १६,३६६   २३.८% २१
५-१२ ४६,७०८   ११,१२५  २३.८% ०१
६-१२ २४,१५९ ६,३८१   २६.४% ०९
७-१२ ५२,८९० १३,१४७ २४.९ % २७
८-१२ ७३,९११   १९,८४२   २६.८% ३६
९-१२     ७५,२५१ २२,३९१ २९.८%  २२

दक्षिण अफ्रिकामा पोजिटिभीटी रेट २९ क्रस गरिसक्दा पनि नयाँ भेरिएन्टका बारेमा हामीलाई थाहा छैन भन्नु कतिको उचित होला ? उत्पत्ति भएको १८-२० दिनमै ५० भन्दा बढी देशमा पुगिसकेको भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले किन हल्कामा लिइरहेको छ ? यो आश्चर्यकै विषय बनेको छ । सायद यसका पछाडि भ्याक्सिन माफियाको हात छ कि ?

अब कुनै पनि कोरोना भेरिएन्टको कुरा गर्दा त्यो भेरिएन्टको मात्र कुरा नभएर त्यससँग भ्याक्सिनको प्रसंग जोडिन्छ । भ्याक्सिनले त्यस भेरिएन्टका विरुद्ध काम गर्छ कि गर्दैन ? तर, मेडिकल माफियाको जालो यति विघ्न प्रभावशाली छ कि त्यसविरुद्ध त के पद ओगटेर बसेका कोही पनि त्यसप्रति आशंकासम्म व्यक्त गर्न सक्दैनन् ।

भ्याक्सिनको विश्वसनीयता त्यै दिन धराशायी भइसकेको थियो, जुन दिन बुस्टर डोजको कुरा आएको थियो । बुस्टर डोज केका लागि अर्थात् यदि कुनै व्यक्तिमा भ्याक्सिनका पूर्ण डोजले एन्टीबडी निर्मित भएको छ भने पनि ३-६ महिनामा एन्टीबडीको स्तर कम अथवा समाप्त भइसकेको छ अथवा नयाँ भेरिएन्टका विरुद्ध भ्याक्सिनका पूर्ण डोज प्रभावी छैनन् र थप मात्रा इन्जेक्ट गर्नुपर्‍यो ।

भ्याक्सिनको प्रभावकारिता डेल्टा भेरिएन्टकै लहरमा टेस्ट भइसकेको छ । संसारभर नै भ्याक्सिनको पूर्ण डोज लगाएका धेरै मानिसको मृत्यु भयो डेल्टा भेरिएन्टका कारण । नेपालमा पनि कैयौँ ब्रेक थ्रु इन्फेक्सनका मानिस काल कलसित भए ।

आम नेपालीको चासोको विषय ओमिक्रोन भेरिएन्टको दुष्प्रभावमाथि केन्द्रित नभएर के नेपालमा फेरि लकडाउन अथवा निषेधाज्ञा लागू हुन्छ भन्नेमा रहेको देखिन्छ । यसको उत्तर वास्तवमा कसैसँग छैन । यो परिस्थितिमाथि निर्भर गर्छ । यदि नेपालमा दैनिक ५ हजार संक्रमित देखापर्न थाले भने कुनै पनि सरकार प्रमुखसँग के नै उपाय हुन्छ लकडाउनबाहेक !

ओमिक्रोन भेरिएन्टका विरुद्ध भ्याक्सिनले सुरक्षा दिन्छ कि दिँदैन, ओमिक्रोन भेरिएन्टको मोर्टेलिटी रेट (मृत्यु दर) के कस्तो होला ? यी कुनै तर्कसंगत कुरा नै होइनन् ।  बुस्टर डोजको कुराले मात्र थाहा हुन्छ भ्याक्सिनले नयाँ भेरिएन्टका विरुद्ध सुरक्षा दिने कुरा नै नगरौँ, भ्याक्सिनले पहिलो कोरोना भेरिएन्टविरुद्ध नै सुरक्षा दिँदैन । भ्याक्सिनले प्रपोगेट गरेर बनेको एन्टीबडी ३-६ महिनामा समाप्त हुने भ्याक्सिन कम्पनीले नै भनिरहेका छन् ।

ओमिक्रोन  भेरिएन्ट डेल्टा भेरिएन्टभन्दा ३ देखि ४.५ गुणा बढी संक्रामक (स्प्रेड रेट बढी भएको) भएको विभिन्न देशका विज्ञले बताएका छन् । दक्षिण अफ्रिकाको बढेको संक्रमण दरले यो स्पष्ट नै छ ।

अहिले कोरोना कुन देशमा कुन अवस्थामा छ हेरौँ-

९ डिसेम्बरका दिन विश्वमा ६ लाख २ हजार ६७१ नयाँ संक्रमित थपिए । मृत्यु हुनेको संख्या ७ हजार ४९ रह्यो । यस क्रममा अमेरिकामा एक लाख १० हजार ६९६ जना नयाँ संक्रमित देखिँदा एक हजार ८८ जनाको मृत्यु भयो । यूकेमा ५० हजार ८६७ संक्रमित थपिँदा १४८ जनाको मृत्यु भयो । फ्रान्समा ५६ हजार ८५४ नयाँ संक्रमित देखिए भने १३६ जना बिदा भए । युरोपियन तथा विकसित देश अर्थात् व्यापक भ्याक्सिनेसन भइसकेका देशको अवस्था हेरौँ-

रुसमा ३० हजार २०९ जना नयाँ संक्रमित एक हजार १८१ जनाको मृत्यु, जर्मनीमा १६ हजार २९५ नयाँ संक्रमित ७८ जनाको मृत्यु, नेदरल्याण्ड्समा १९ हजार ७६३ संक्रमितमा ७७ जनाको मृत्यु, बेल्जियममा १८ हजार ७१४ संक्रमितमा ५६ जनाको मृत्यु, अस्ट्रियामा ४ हजार ४३७ संक्रमितमा ३२ जनाको मृत्यु, स्विट्जरल्याण्डमा ४ हजार ८९२ संक्रमितमा १९ जनाको मृत्यु, डेनमार्कमा ६ हजार ९८५ संक्रमितमा ११ जनाको मृत्यु, ब्राजिलमा ९ हजार २७८ संक्रमितमा २०६ जनाको मृत्यु, टर्कीमा १९ हजार ६९६ संक्रमितमा १९५ जनाको मृत्यु, इरानमा ३ हजार २२८ संक्रमितमा ७८ जनाको मृत्यु, स्पेनमा १३ हजार ९५७ संक्रमितमा ५० जनाको मृत्यु, इटालीमा १२ हजार ५२७ संक्रमितमा ७९ जनाको मृत्यु, पोल्यान्डमा २७ हजार ४५८ संक्रमितमा ५६२ जनाको मृत्यु, युक्रेन १२ हजार ३७६ संक्रमितमा ४६५ जनाको मृत्यु । कोरोना महादशा अहिले पनि शनि-राहु-केतुको संयुक्त युतिभन्दा त्रासदपूर्ण छ ।

विश्व स्वास्थ्य संगठनसँग नयाँ भेरिएन्ट ओमिक्रोनबारे अतिमहत्त्वपूर्ण जानकारी पुगिसकेको छ कि यो कोरोना  भेरिएन्ट भ्याक्सिनका पूर्ण डोज लगाइसकेका र पहिला कोरोना संक्रमण भइसकेका मानिसका लागि झनै खतरनाक छ । यी दुवै वर्ग अन्यको तुलनामा उच्च जोखिममा छन् ।

कुनै पनि भाइरस मानव बस्तीमा पस्दा प्रारम्भमै घातक हुँदैन । यसको कारण तपाईँ इभोल्युसनसँग जोडेर हेर्न सक्नुहुन्छ । भाइरसले पहिलो सिकार बनाएको मानिसलाई नै सखाप बनाउने हो भने मानिसका साथै भाइरस पनि सखाप हुन्छ । भाइरस पहिला फिँजिने हो, लाखौँ लाख मानिससम्म पुग्ने हो । आफ्नो ऐडप्टेसन वृद्धि गर्ने हो । ततपश्चात् मात्र यसले आफ्नो घातक स्वरूप देखाउने हो । भाइरसका विभिन्न भेरिएन्टका सन्दर्भमा पनि यही प्राकृतिक सिद्धान्त लागू हुन्छ ।

विगतका ट्रेन्ड हेर्दा ओमिक्रोन  भेरिएन्टले पनि यही परंपरा निर्वाह गर्दै छ ।  पहिला आफ्नो प्रसारमा ध्यान दिइरहेको छ । आफूबाट संक्रमित हुनेलाई व्यापक रूपमा मारिरहेको छैन । फिँजिने मात्र काम गरिरहेको छ । लाखौँ मानिसमा पुगेपछि यसले आफ्नो घातक स्वरूप देखाउँछ । यससम्बन्धी विज्ञहरूको अनुमानमा आउने १५-२० दिनमा ओमिक्रोन 'पिक'तिर लम्किन्छ र पूरा जनवरी र फेब्रुअरीसम्म यसको 'पिक' अवस्था रहन्छ ।

अहिले विश्व समुदाय ओमिक्रोन भेरिएन्टको तुलना डेल्टा भेरिएन्टसँग गरिरहेको छ- यो डेल्टाभन्दा घातक छ कि छैन ? वास्तवमा यसको तुलना पहिलो कोरोना भाइरससँग गर्नुपर्ने हो । यो डेल्टाभन्दा घातक भए, नभए पनि आफूमा ५० भन्दा बढी म्युटेसन ल्याएर यो सन् २०१९ को कोरोनाभन्दा निश्चय पनि खतरनाक भएको छ ।  

आमनेपालीको चासोको विषय ओमिक्रोन भेरिएन्टको दुष्प्रभावमाथि केन्द्रित नभएर के नेपालमा फेरि लकडाउन अथवा निषेधाज्ञा लागू हुन्छ भन्नेमा रहेको देखिन्छ । यसको उत्तर वास्तवमा कसैसँग छैन । यो परिस्थितिमाथि निर्भर गर्छ । यदि नेपालमा दैनिक ५ हजार संक्रमित देखापर्न थाले भने कुनै पनि सरकार प्रमुखसँग के नै उपाय हुन्छ लकडाउनबाहेक !

कोरोना भाइरसको जुनसुकै भेरिएन्ट होस् अथवा आओस्, यसबाट संक्रमित भएकामध्ये ५-७ प्रतिशत मानिसलाई चिकित्सा सुविधा आवश्यक पर्छ । ९ नोभेम्बरकै  कुरा गर्ने हो भने नेपालमा कुल ६ हजार १०५ सक्रिय संक्रमित हुँदा देशभर आईसीयू र भेन्टिलेटरमा गरी १५१ जना उपचाररत छन् । यो भनेको झन्डै २.५ प्रतिशतलाई चिकित्सा सुविधा आवश्यक भएको हुनु हो ।  नयाँ भेरिएन्ट फैलिँदा यो प्रतिशत ५-७ सम्म पुग्न सक्छ । २ हजारदेखि २ हजार ५०० सघन उपचार कक्ष भएको देशले सामान्य गम्भीर संक्रमितलाई पनि  चिकित्सा उपलब्ध गराउन सक्दैन ।

जुन दिन नेपालका अस्पतालमा रहेका ५०-६० प्रतिशत शय्या कोरोना संक्रमितले भरिन्छन्, सरकारसँग लकडाउन गर्नेबाहेक अरू केही उपाय हुँदैैन ।