यौन दुर्व्यवहारकाे आरोप लगाउँदै एलन मस्कको टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी

यौन दुर्व्यवहारकाे आरोप लगाउँदै एलन मस्कको टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी

एजेन्सी  |  विदेश  |  मंसिर २९, २०७८

विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरूले आफूहरूमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । 

‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्र जस्तो देखिन्छ’, ६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ ।

क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ वटा अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरूले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरूको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।  

उजुरी गर्ने ५ जनामध्ये ४ जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ । 

कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लील टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छन् । 

उजुरीबारे टेस्लाले कुनै टिप्पणी गरेको छैन । टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरूको गुनासो ओझेलमा परेको बताइएको छ ।