'सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छ'

'सन् २०२२ मा काेभिड महामारी विश्वबाटै समाप्त हुन्छ'

एजेन्सी  |  स्वास्थ्य  |  पुष १, २०७८

सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रूपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की एक अधिकारीले दाबी गरेकी छन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । ‘सन् २०२२ मा विश्वव्यापी रूपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्नेछ’, भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दा बढी देशमा फैलिरहेका बेला उनको भनाइ आएको हो । 

विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरिएन्टकाे जाेखिमबाट केही देशले शान्तिकाे सास फेरिरहेका बेला कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।

डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कुल जनसंख्याको ७० प्रतिशतमा रोग प्रतिरोधी क्षमता वृद्धि गरिनेछ ।