एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

एजेन्सी  |  विदेश  |  पुष ६, २०७८

अमेरिकाको ४ पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् ।  कर नतिरेकाे भन्दै सामाजिक संजालमा आलाेचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यस वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।  

टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाइ आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।

यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नुपर्ने धारणा राखेकी थिइन् ।

कर नतिरेको र कोभिडलाई हल्का रूपमा लिएको भन्दै अर्बपति मस्कले यास वर्षभर नै आलाेचना खेपेका छन् । म्यागेजिनको छनोट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनोट वास्तवमै अहिलेसम्मकै खराब हो’, लेखक कुर्ट इचिनवाल्डले भने ।