बाजुरामा कोभिड जाँच गर्ने पिसिआर ल्याब सेवा सञ्चालनमा

बाजुरामा कोभिड जाँच गर्ने पिसिआर ल्याब सेवा सञ्चालनमा

न्युज कारखाना  |  स्वास्थ्य  |  पुष ७, २०७८

बाजुरा । बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड(१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए ।

कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । चेक गरेको स्वाब काठमाडौं पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए ।

पिसिआर ल्याब सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारले लगानि गरेका हुन् । अपुग सामग्री अस्पतालले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले मेडिकल ल्याब अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक जना ल्याब टेक्निसियनको व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

जीवन कैला