कोरोना कहरको डरलाग्दो रूप: सरकार ! पानी नाकभन्दा माथि नपुगेसम्म चेत नआउने नै हो ?

कोरोना कहरको डरलाग्दो रूप: सरकार ! पानी नाकभन्दा माथि नपुगेसम्म चेत नआउने नै हो ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष ८, २०७८

विश्व मानचित्रमा एउटा सानो भूखण्ड छ, जसलाई इजरायल भनिन्छ । नेपालभन्दा  झण्डै ७ गुणा सानो (क्षेत्रफल  २२,१४५ वर्गकिमी) इजरायलको जनसंख्या झण्डै ८८ लाख ६६ हजार मात्र छ । जीवनस्तर, सम्पन्नता र भौतिक साधनमा अमेरिका र युरोपेली देशसँग प्रतिस्पर्धा गर्ने इजरायलको कोरोना संक्रमण अवस्था भने नेपाल जस्तो देशका लागि गतिलो उदाहरण हुन सक्छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ६४ लाख ७५ हजार १५ जनालाई भ्याक्सिनको पहिलो डोज, ५८ लाख ५२ हजार ४१९  जनालाई भ्याक्सिनका दुवै डोज र ४१ लाख ७३ हजार ३५२ जनालाई बुस्टर डोजका रूपमा तेस्रो भ्याक्सिन प्राप्त भइसकेको छ ।

सरकारले भ्याक्सिनको अर्को बुस्टर डोज अर्थात् चौथो पटक भ्याक्सिन दिने घोषणा पनि गरिसकेको छ । चौथो पटक भ्याक्सिन दिनुपर्ने कारणका रूपमा कोरोनाको ओमिक्रोन  भेरिएन्टको त्रास हो भन्नुमा अन्यथा हुँदैन ।

झण्डै आधा जनसंख्यालाई भ्याक्सिनको बुस्टर डोज लगाइसकेको इजरायलमा २२ डिसेसम्बरका दिन एक हजार १२७ नयाँ संक्रमित आउनुका साथै ४ जनाको मृत्यु भएको छ । गत साता त्यहाँ नयाँ संक्रमित संख्या ६ हजार ७७१ थियो र त्यसभन्दा अघिको सातामा यो संख्या ४ हजार ७० थियो ।

आधा जनसंख्यालाई बुस्टर डोज भ्याक्सिन दिइसकेको इजरायलमा २२ डिसेम्बरको तथ्यांकअनुसार ९ हजार ३७ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ७९ जना संक्रमितको अवस्था गंभीर छ । ३ खुराक भ्याक्सिन वितरण भइसकेको इजरायलमा झण्डै एक प्रतिशत संक्रमित गंभीर अवस्थामा छन् । यसका अतिरिक्त अन्य २५० जना अस्पताल भर्ना छन् । समग्रमा कुल सक्रिय संक्रमितमध्ये झण्डै ४ प्रतिशत संक्रमितलाई चिकित्सा सुविधा आवश्यक परिरहेको छ इजरायलमा ।

र, ओमिक्रोन भेरिएन्ट अहिले सयभन्दा बढी देशमा पुगिसकेको छ ।

अमेरिका र युरोपमा कोरोना संक्रमणको कहर उच्च अवस्थामा छ । २२ डिसेम्बरका दिन विश्वमा ८ लाख ८९ हजार ८३० नयाँ संक्रमित देखिनुका साथै ७ हजार ३१० जनाको मृत्यु भयो । अमेरिकामा मात्र २ लाख ३२ हजार ३८३ नयाँ संक्रमित आए, एक हजार ६३४ संक्रमितको मृत्यु भयो ।

रूस, जर्मन, फ्रान्स, यूके ,स्पेन, इाटली, क्यानडा, डेनमार्क, नेदरल्याण्ड्स, टर्की, अर्जेन्टिना, पोल्याण्ड, मेक्सिको, युक्रेन, दक्षिण अफ्रिका कोरोना संक्रमणको भीषण लहरबाट गुज्रिरहेका छन् ।

यूके कोरोना आएयता सबैभन्दा भीषण चरणमा पुगेको छ । कोरोनाको पहिलो चिनियाँ भेरिएन्ट, अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्टमा नभोगेको चरम/परम दुर्दिन यूकेले ओमिक्रोन भेरिएन्टबाट भोगिरहेको छ । २२ डिसेम्बरका दिन यूकेमा एक लाख ६ हजार १२२ नयाँ संक्रमित आए । १४० जना संक्रमितको मृत्यु भयो ।

गत एक साताको तथ्यांकअनुसार यूकेमा ६ लाख ३८ हजार ८०७ नयाँ संक्रमित थपिए । यसभन्दा अघिल्लो साताको तुलनामा ६० प्रतिशतले संक्रमण वृद्धि भयो । ५३ प्रतिशतभन्दा बढी जनसंख्यालाई भ्याक्सिनको बुस्टर डोज लागिसकेको यूकेमा (३,०८,४४,८८८ जनालाई बुस्टर डोज लागिसकेको) ८२ प्रतिशत जनसंख्यालाई (४,७१,५६,८९९) २ डोज भ्याक्सिन प्राप्त भइसकेको छ । २२ डिसेम्बरका दिन त्यहाँ १५ लाख ७७ हजार ४२० जना सक्रिय संक्रमित रहेको तथ्यांक छ । यसमध्ये ८ हजार ८ संक्रमित अस्पताल भर्ना छन् । अस्पताल भर्नामध्ये ८४९ जना गंभीर   संक्रमित भेन्टिलेटर सपोर्टमा छन् ।

लिंक हेर्नुहोस्- https://coronavirus.data.gov.uk/easy_read

यूके अथवा इजरायल अथवा संपन्न देश, जहाँ आधा जनसंख्याभन्दा बढीलाई भ्याक्सिनको बुस्टर डोज लागिसकेको छ । के त्यहाँको कोरोना संक्रमणको अवस्था अध्ययन गर्दा भ्याक्सिनको उपयोगितामाथि प्रश्न गर्ने समय भएन र ? के अहिले पनि भ्याक्सिन भ्याक्सिनको मात्र जप गरिरहने ?

विश्वमा अहिले प्रत्येक दिन ८ लाखभन्दा बढी नयाँ संक्रमित आउनुका साथै ७ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । गत २ सातामा विश्वभर ९३ लाख ५० हजार ४०८ जना नयाँ संक्रमित थपिए । यसै अवधिमा ९६ हजार ५०९ जना संक्रमितको मृत्यु भयो

मोनोक्लोनल एन्टीबडी, प्याक्सलोविड (paxlovid- Pfizer), मोल्नुपिराभिर (molnupiravir- Merck and Ridgeback Therapeutics) (लिंक हेर्नुहोस्-https://theconversation.com/merck-v-pfizer-heres-how-the-two-new-covid-antiviral-drugs-work-and-will-be-used-171247) कोरोना संक्रमणका विरुद्ध अनेक औषधि आइसकेका छन् । यी औषधिको सेवनले ३-४ दिनमै कोरोना संक्रमण निको हुन्छ । तर, यी औषधिको दाम सबैले वहन गर्न सक्दैनन् । एक जनाका लागि औषधिको मूल्य झण्डै ६०-७० हजार नेपाली रुपैयाँ पर्न जान्छ ।

ढिलो-चाँडो नेपालमा पनि ओमिक्रोनको प्रकोप बढ्छ । आउने जनवरी-फेब्रुअरी महिनामा  नेपालले युरोपको अवस्था भोग्न बाध्य हुन्छ । कोरोना संक्रमण आएदेखि नै नेपालको आयुर्वेदले संक्रमणका विरुद्ध औषधोपचार गर्दै आएको छ । नेपाली आयुर्वेदसँग कोरोना संक्रमण हुन नदिने नै औषधि छ । संक्रमितलाई ३-४ दिनमै निको बनाउने औषधि छ । आयुर्वेदिक औषधि प्रयोग गर्नेमध्ये  एक जनाको पनि मृत्यु भएको छैन ।

आयुर्वेदले प्रारम्भदेखि नै भन्दै आएको छ- शरीरभित्रको अम्लीय वातावरण कोरोना संक्रमण हुन र तीव्रता साथ भाइरस लोड बढाउन क्याटलिस्ट एजेन्टको भूमिका निर्वाह गर्छ । यसका विपरीत शरीरको क्षारीय वातावरणले संक्रमण हुन नदिन र भइहालेमा कोरोनाको 'रिप्लिका' गर्ने प्रक्रियामा अंकुश लगाउँछ । कोरोनाको लोड बढी हुन नदिएर यसले संक्रमितलाई गम्भीर अवस्थामा जान दिँदैन । दैनिक २-३ गिलास क्षारीय पानी पिउने गरेमा कोरोना संक्रमण भए पनि खतरा हुँदैन । संक्रमणबाट बच्ने उपायका रूपमा अम्लीय भोजनको सट्टा क्षारीय भोजन प्रयोग गर्नु सबैका लागि लाभदायक हुन्छ ।

अहिलेसम्मका विभिन्न अध्ययनले देखाएको परिणामअनुसार कोरोनाको ओमिक्रोन भेरिएन्टपूर्वको डेल्टा भेरिएन्टभन्दा ४ देखि ६ गुनासम्म बढी संक्रामक छ । अर्थात् पहिलाको तुलनामा ओमिक्रोन ६ गुणासम्म तीव्र गतिले प्रसार हुन्छ । घरमा कसै एक जनालाई ओमिक्रोनले छुनासाथ परिवारका सबै जनामा संक्रमण सर्ने तीव्र संभावना हुन्छ ।

ओमिक्रोन मारक/घातक छ कि छैन, यसको चर्चा परिचर्चा गर्नुको कुनै तुक छैन । भाइरस बढी संक्रामक हुनु नै उच्च जोखिमयुक्त हो । संक्रमण जति छिट्टै र जति बढी प्रसार हुन्छ, त्यसै मात्रामा चिकित्सकीय सहायता चाहिनेको संख्या वृद्धि हुन्छ । चिकित्सकीय सुविधाको अभावमा  सामान्य संक्रमित पनि जोखिममा हुन पुग्छ ।

सरकार पानी नाकभन्दा माथि नपुगेसम्म सचेत हुँदैन । सरकारसँग अन्तिम अस्त्रका रूपमा निषेधाज्ञा लगाउनुबाहेक अन्य केही उपाय हुँदैन । आमजनले आफैँ विश्वको कोरोना संक्रमणको अवस्था र नेपाल त्यसबाट मुक्त रहन नसक्ने विचार गरी आफ्नो सुरक्षाको उपाय आफैँ गर्नुको कुनै विकल्प छैन । अबको २-३ महिना प्रत्येक नेपालीले कोरोना संक्रमणबाट बच्न आफैँ सचेत हुनुपर्छ ।

विश्वमा अहिले प्रत्येक दिन ८ लाखभन्दा बढी नयाँ संक्रमित आउनुका साथै ७ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । गत २ सातामा विश्वभर ९३ लाख ५० हजार ४०८ जना नयाँ संक्रमित थपिए । यसै अवधिमा ९६ हजार ५०९ जना संक्रमितको मृत्यु भयो ।

यस तथ्यांकले तपाईंलाई आफू सुरक्षित रहन अवश्य नै प्रेरित गर्छ होला । कोरोना केही होइन अथवा कोरोना समाप्त भयो भन्नेहरूलाई यो तथ्यांक देखाएर 'यो के हो ?' भनी सोध्न नबिर्सनु  होला ।