भारतमा अदालतमा बम बिस्फोट, २ जनाको मृत्यु

भारतमा अदालतमा बम बिस्फोट, २ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  पुष ८, २०७८

भारतमा पन्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित एउटा अदालतभित्र बम बिस्फोट भएको छ । बिस्फोटमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजे अदालतको बाथरुममा बिस्फोट भएको थियो । 

बिस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । बिस्फोटलगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना शहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलय नजिक पर्छ । अदालतमा कसले बिस्फोट गराएको भन्नेबारेमा केही खुलाइएको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।