अमेरिकामा पनि भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना

अमेरिकामा पनि भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना

एजेन्सी  |  विदेश  |  पुष ८, २०७८

अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकाले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यान्न पसलमा मूल्य वृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ ।

व्युरोले घर परिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा ९.७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए । क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय भएका परिवारमा पुनः आर्थिक दबाब पर्न सक्ने व्युरोले अनुमान गरेको छ ।

अघिल्लो वर्षको तुलनामा अमेरिकामा खाद्यान्नको मूल्य ६.४ प्रतिशतले बढेको छ । फुड बैंकमा खाद्यान्नको माग बढ्दो छ भने अस्पतालमा उपचारका लागि जाने कुपोषण र दुब्लाएका बच्चाहरूको संख्या पनि बढ्दो छ । 

६ वर्षमुनिका बालबालिका अभिभावकले प्रतिमहिना ३०० डलर र १८ वर्ष उमेर समूहका बच्चाका अभिभावकले प्रतिमहिना २५० डलर पाउँछन् ।