'ओमिक्रोन भेरिएन्ट बढेकाले विधानसभा निर्वाचन स्थगित गर्नू'

'ओमिक्रोन भेरिएन्ट बढेकाले विधानसभा निर्वाचन स्थगित गर्नू'

एजेन्सी  |  विदेश  |  पुष ९, २०७८

अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्‍याली रोक्न तथा सन् २०२२ मा उत्तर प्रदेशमा हुने विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो ।

आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो । कोभिड संक्रमण र मृत्युका घटना बढेका र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो ।

२३ डिसेम्बरमा परेको उजुरीबारे सुनुवाइ गर्दै न्यायाधीश शेखरकुमार यादवले निर्वाचनका सम्पूर्ण र्‍याली र सार्वजनिक कार्यक्रम बन्द गर्न अनुरोध गरेका हुन् । न्यायाधीश यादवले र्‍याली र भीडभाडभन्दा पनि पत्रपत्रिका र टेलिभिजनका माध्यमबाट प्रचार गर्न राजनीतिक दलहरूलाई अनुरोध गरेका छन् ।