'नजिकको पुरुष नातेदारबिना महिलाले टाढाको यात्रा नगर्नू'

'नजिकको पुरुष नातेदारबिना महिलाले टाढाको यात्रा नगर्नू'

एजेन्सी  |  विदेश  |  पुष १२, २०७८

अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यताविपरीत भएको बताएका छन् । आफूहरू महिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको उनले बताएका छन् । 

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौँ, जहाँ महिलाले पनि पढ्न सक्नेछन् । महिलाहरूले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ', उनले भने । तर, छात्राहरूलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् । 

गत १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि छात्राहरूलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाहरूका विभिन्न हक, अधिकार खोसिएका छन् । तालिबानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ति जनाएकी छन् । ‘तालिबानको नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ', उनले भनिन् । 

यसैबीच लामो दूरीको यात्रा गर्न चाहने महिलासँग आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिबानले जनाएको छ । पुरुष आफन्तबिना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिबानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।