हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ

हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ

एजेन्सी  |  विदेश  |  पुष १४, २०७८

हङकङ । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन् ।
आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानाकारी दिएकी छन् । पक्राउ पर्ने अन्य व्यक्तिहरु ३४ देखि ७३ वर्षका छन् ।
प्रकाशन गृहमा छापा मार्न २०० भन्दा प्रहरी अधिकारी पठाइएको र प्रहरीले सो प्रकाशनगृहमा अझै पनि खानतलासी गरेको प्राप्त समाचारमा जनाइएको छ । 
प्रकाशनगृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरुले अधिकार पाएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ ।