बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी

बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी

एजेन्सी  |  विदेश  |  पुष १५, २०७८

बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरूले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन् कडा पारेका छन् । क्षेत्रीय राजधानी ह्लासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको  गतिविधि सीमित पार्दै लगेको छ । 

गत सोमबार चीनको सूचना सेवाले ओलम्पिक खेलमा सहभागी हुन जानेलाई निगरानी गरिने जनाएको थियो । ह्लासाबाहेक सिगात्से, चामदो, ड्रागो, नग्बा र रेबकोङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ह्लासामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

त्यहाँ आउने व्यक्तिहरूमाथि कडा निगरानी र सोधपुछ गरिएको छ । प्रहरीले होटेल, रेस्टुरेन्ट र पसलहरूमा पनि खानतलासी गरेको छ ।