क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

क्रिकेटर क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

एजेन्सी  |  खेलकुद  |  पुष १६, २०७८

दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । 

सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु’, डी ककले भनेका छन् । दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३ हजार ३०० रन बनाएका थिए । 

‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना । अब हामी एक दिवसीय र टी- २० मा भेट्नेछौँ’, २९ वर्षीय डी ककले भने ।