कोभिड बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू

कोभिड बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू
अय

एजेन्सी  |  विदेश  |  पुष २०, २०७८

नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औसतमा ३५ हजार पुगेको छ ।