दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

एजेन्सी  |  विदेश  |  पुष २१, २०७८

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फयूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागू गरिएका छन् ।

भारतमा २ हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरिएन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाँ भेरिएन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।