'फ्रान्समा भेटिएको नयाँ भेरिएन्टको जोखिम छैन'

'फ्रान्समा भेटिएको नयाँ भेरिएन्टको जोखिम छैन'

एजेन्सी  |  विदेश  |  पुष २१, २०७८

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

‘फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन’, डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आईएचयू नाम दिइएको छ ।