इन्डोनेसियामा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु

इन्डोनेसियामा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  पुष २३, २०७८

इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ ।

एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, 'बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ।'

'अधिकारीहरूले ३ वटा शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ', मुहारीले भने । उद्धारकर्ताहरूले ३ वटा डुंगा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ ।