चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोट, २० जना फसे

चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोट, २० जना फसे

एजेन्सी  |  विदेश  |  पुष २३, २०७८

चीनको दक्षिण पश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको जनाइएको छ ।

उक्त विष्फोट कार्यालयको चमेनागृहमा 'शंकास्पद ग्यास चुहावट'का कारणले भएको राज्य संचालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदै छन् ।