‘८३’ फ्लप भएपछि बायोपिक फिल्मबाट टाढिए रणवीर सिंह

‘८३’ फ्लप भएपछि बायोपिक फिल्मबाट टाढिए रणवीर सिंह

एजेन्सी  |  लोकरञ्जन  |  पुष २३, २०७८

भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जीतको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेन । फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् ।

अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौँ बायोपिक फिल्मका अफर थिए, जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर, अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् । रणवीरले बायोपिक फिल्ममा चासो नदेखाएपछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नुअघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर, अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाइ जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दै छन् । ‘जयेशभाइ जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दै छन् । करणको फिल्ममा उनको केमेस्ट्री आलिया भट्टसँग हेर्न पाइनेछ ।