कजाकिस्तानमा २६ जना सशस्त्र विद्रोही मारिए

कजाकिस्तानमा २६ जना सशस्त्र विद्रोही मारिए

एजेन्सी  |  विदेश  |  पुष २३, २०७८

कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ । मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर  ७० जाँच चौकीहरू स्थापना गरिएको छ ।'

यसैबीच कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले एक दिनको ठूलो दंगापछि क्रमश: शान्ति पुनर्स्थापित भएको बताएका छन् ।