भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित थपिए

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित थपिए

एजेन्सी  |  समाचार  |  पुष २५, २०७८

नयाँ दिल्ली ।  भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।