भारतमा पछिल्लो २४ घण्टा : १ लाख ६० हजारलाई कोभिड सङ्क्रमण

भारतमा पछिल्लो २४ घण्टा : १ लाख ६० हजारलाई कोभिड सङ्क्रमण

एजेन्सी  |  समाज  |  पुष २५, २०७८

नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

भारतमा दैनिक सङ्क्रमण दर औसतमा ११ प्रतिशत छ । सङ्क्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरूले पूर्ण खोप लगाएका छन् । 

पछिल्लो २४ घण्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । एकै दिन  ६१६ ओमिक्रोन सङ्क्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट सङ्क्रमितको सङ्ख्या पनि तीन हजार ७०० पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरूले बताएका छन् ।