अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता सुरु

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता सुरु

एजेन्सी  |  विदेश  |  पुष २६, २०७८

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता सुरु गरेका छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे बैठक सुरु गरेको विदेश विभागका प्रवक्ताले जनाएका छन् ।