नेत्री सुकीलाई थप जेल सजाय

नेत्री सुकीलाई थप जेल सजाय

एजेन्सी  |  विदेश  |  पुष २६, २०७८

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई ३ वटा आपराधिक आरोपमा दोषी ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाएको छ ।

नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई १ फेब्रुअरीदेखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासनयता एक हजार ४०० भन्दा बढी नागरिकहरू मारिएका छन् । थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

७६ वर्षीया सुकीलाई अवैध रूपमा वाकी-टकीहरू आयात गर्ने र स्वामित्व राख्ने तथा कोरोना भाइरस नियमहरू उल्लंघन गरेको आरोपमा दोषी ठहर्‍याइएको छ ।

जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।