दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

दिल्लीका निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन

एजेन्सी  |  विदेश  |  पुष २७, २०७८

नयाँ दिल्ली। भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड सङ्क्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै अहिलेसम्म अधिकांश कार्यालयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यालयबाट काम गरेका छन् । 

अत्यावश्यक सेवालाई भने छुट दिइनेछ ।  निजी बैङ्क, अत्यावश्यक सेवा दिने कार्यालय, बिमा कम्पनी, औषधी कम्पनी , वित्तीय कम्पनी, वकिलका कार्यालय र कुरियर सेवालाई छुट छ । 

सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरू बन्द भएका छन् । उनीहरूले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । सङ्क्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो ।