उत्तर कोरियाको मिसाइल प्रक्षेपणप्रति जापानी प्रधानमन्त्रीको चिन्ता

उत्तर कोरियाको मिसाइल प्रक्षेपणप्रति जापानी प्रधानमन्त्रीको चिन्ता

एजेन्सी  |  विदेश  |  पुष २७, २०७८

जापानी प्रधानमन्त्री फुमियो किसिदाले मंगगलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्रधानमन्त्री किसिदाले जापानले आफ्नो सतर्कता र निगरानीलाई तीव्रता दिइरहेको तथा जानकारी संकलन र विश्लेषण गर्न थप सक्दो प्रयास गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिइएको पनि बताए । उनले ती सूचना जनतालाई छिटो र सही रूपमा उपलब्ध गराउन आफूले भनेको पनि उल्लेख गरे ।

'प्रधानमन्त्रीले अधिकारीहरूलाई विमान र जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि प्रकारको कार्यक्रमका लागि तयारी गर्न सबै संभावित उपायहरू लिन निर्देशन दिएको एनएचके न्युजलाइनले जनाएको छ । लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले पनि हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ', आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले ६ जनवरीमा उल्लेख गरेको छ ।

बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको यस मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडि चलेको थियो, जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयतासमेत प्रमाणित गरेको दाबी गरिएको थियो ।