पाकिस्तानका तालिबान नेता अफगानिस्तानमा मारिए

पाकिस्तानका तालिबान नेता अफगानिस्तानमा मारिए

एजेन्सी  |  विदेश  |  पुष २८, २०७८

पूर्वी अफगानिस्तानमा तेहरिक ई तालिबान पाकिस्तान (पाकिस्तान तालिबान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिबान नेता खालिद बाल्टी ‘मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिबान नेता मारिएको विवरण सार्वजनिक भएको हो । 

खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिबानले जनाएको छ । समूहको प्रवक्ता हुँदा उनी तालिबान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।

खोर्सानीलाई अज्ञात बन्दुधारीहरूले हत्या गरेको स्थानीय संचार माध्यमहरूले जनाएका छन् । उनको मृत्युबारे तालिबानले अनुसन्धान सुरु गरेको जनाएको छ ।