फिजीमा आँधीका कारण ४ हजार विस्थापित

फिजीमा आँधीका कारण ४ हजार विस्थापित

एजेन्सी  |  विदेश  |  पुष २८, २०७८

आँधीका कारण फिजीमा ४ हजार ६३० जना विस्थापित भएका छन् । उनीहरूलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ वटा शिविरमा राखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ वटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्यभागमा ४२ वटा र उत्तरी भागमा ५ वटा शिविर बनाइएको पनि अधिकारीहरूले जनाएका छन् ।

'उनीहरूलाई शिविरमै राख्ने भन्ने होइन, विस्थापित भएकाहरूलाई जति सक्दो चाँडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ', एक सरकारी अधिकारीले भने । विस्थापितलाई अस्थायी बसोबास, खानसँगै न्यूनतम अत्यावश्यक सेवाहरू पनि उपलब्ध गराइने उनीहरूको भनाय छ । हरेक ोर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।