भारतमा २४ घण्टामा साढे दुई लाख सङ्क्रमित

भारतमा २४ घण्टामा साढे दुई लाख सङ्क्रमित

एजेन्सी  |  समाचार  |  पुष २९, २०७८

नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण हावाको वेग झैँ फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड सङ्क्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । 

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । 

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घण्टामा साढे २७ हजारको मृत्यु भएको छ ।