चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

एजेन्सी  |  विदेश  |  पुष २९, २०७८

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । 

आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ जना विधायकले पार्टी त्याग गरेका छन् । 

त्यसमा मौजुदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् । 

यस्तै, भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशनलाल वर्मा, विनय शाक्य, अवतारसिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्मसिंह सैनी छन् । 

विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरीदेखि ७ मार्चसम्म ७ चरणमा निर्वाचन हुँदै छ ।