हुरिकेन्सको जीतमा सन्दीपको २ विकेट

हुरिकेन्सको जीतमा सन्दीपको २ विकेट

एजेन्सी  |  खेलकुद  |  पुष २९, २०७८

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ ।

हुरिकेन्सको जीतमा सन्दीपले ४ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।   

बिहीबार मेलवर्नस्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।  

जीतसँगै होवर्टले १२ खेलमा ६ खेलमा जीत र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।