भारतमा कोभिडः २४ घन्टामा साढे २ लाख संक्रमित

भारतमा कोभिडः २४ घन्टामा साढे २ लाख संक्रमित

एजेन्सी  |  स्वास्थ्य  |  माघ ३, २०७८

नयाँ दिल्ली । कोभिडकाे नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ ।पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । 

कोभिड बढेपछि भारतका विभिन्न शहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएका छन् ।