साउदी नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

एजेन्सी  |  विदेश  |  माघ ४, २०७८

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरू कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

हुथीहरूको बाहुल्यरहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरूलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरूका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।