भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित

भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित

एजेन्सी  |  विदेश  |  माघ ५, २०७८

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म ८ हजार ९६१ मा कोभिडको नयाँ भेरिएन्ट देखिएको छ । 

पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।