बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउनु नपर्ने

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउनु नपर्ने

एजेन्सी  |  विदेश  |  माघ ६, २०७८

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । 

यसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै, कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्नेछैन । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्नेछैन ।

त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइएको छ । नयाँ नियमअनुसार माध्यामिक विद्यालयका विद्यार्थीलाई कक्षा कोठामा फेस मास्क अनिवार्य गरिनेछैन । त्यस्तै, कोभिड पोजिटिभ भएका व्यक्ति अनिवार्य आइसोलेसनमा बस्ने प्रावधान पनि हटाइने उनले बताए । 

बेलायतमा औसतमा दैनिक ८२ हजारमा कोभिड संक्रमित देखिएका छन् ।