'अफगानिस्तानमा मैले गरेको कामका लागि माफी माग्दिनँ'

'अफगानिस्तानमा मैले गरेको कामका लागि माफी माग्दिनँ'

एजेन्सी  |  विदेश  |  माघ ६, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन् ।

आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले भने, 'अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन। जतिसुकै गरे पनि त्यसो गर्नु संभव थिएन, त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।' यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको संकटप्रति भने सहानुभूति व्यक्त गरेका छन् ।

भने, 'तालिबानको अयोग्यताका कारण अफगानिस्तानमा के भइरहेको छ भनेर मलाई नराम्रो लाग्यो । मलाई ती महिला र पुरुषहरूका लागि ठूलो चिन्ता छ, उनीहरूमाथि आतंकवादी हमलाले विमानस्थलमा पारेको पीडाप्रति दुःख छ ।'

अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाउ गर्दै बाइडेनले असफलताका लागि अघिल्लो प्रशासनलाई दोष दिए । 'यदि हामी बाहिर नआएका भए हामीले धेरै बलहरू भित्र्याउने थियौँ । तालिबानको अक्षमताको परिणामका रूपमा के भइरहेको छ भनेर मात्र भएन, विश्वभरि जेजे भइरहेको छ, हामी हरेक समस्या समाधान गर्न सक्दैनौँ । त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ', राष्ट्रपति बाइडेनले भने ।

'एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस् । यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छ । यो एकताका लागि संवेदनशील छैन', बाइडेनको टिप्पणी छ ।

उनले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाए । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै  उनले शान्तिपूर्ण समाधानमा कुनै संभावना नभएको उल्लेख गरे ।