शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

एजेन्सी  |  खेलकुद  |  माघ ९, २०७८

आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । 

राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल जीत निकालेको थियो । युगान्डाविरुद्ध राजा बाबाले १६२ रन बनाउँदा अंगकृश रघुवंशीले १४४ रन बनाएका थिए । २ खेलाडीले तेस्रो विकेटका लागि २०६ रन बनाएका थिए । 

२ खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध ४०५ रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि १२० बलमा २२ चौका र ४ छक्काका साथ अंगकृशले १४४ रन बनाए । 

राज बाबाले १६२ रन बनाउने क्रममा १०८ बल खेल्दै १४ चौका र ८ छक्का प्रहार गरे । राज बाबा यू- २० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने । 

यसका साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको १५५ रनको कीर्तिमान भंग भएको हो ।