'ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ'

'ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ'

एजेन्सी  |  विदेश  |  माघ १०, २०७८

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ’, डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाइ छ ।  

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रूपमा मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ’, उनले भने । 

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।