अस्ट्रेलियन ओपन : नाडाल सेमिफाइनलमा

अस्ट्रेलियन ओपन : नाडाल सेमिफाइनलमा

एजेन्सी  |  खेलकुद  |  माघ ११, २०७८

गत वर्ष क्वार्टरफाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम ४ पक्का गरेका हुन् ।

पाँचौँ वरीयताका नाडालले १४औँ वरीयताका डेनिसमाथि ६-३ ६-४ ४-६ ३-६ ६-३ को प्रतिस्पर्धात्मक सेटमा जीत निकाले ।

सातौँ पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अस्ट्रेलियन ओपन, २००९ का च्याम्पियन हुन् ।